माडीमा रहेका सहकारी संस्थाहरुले लकडाउनको समयमा आलोपालो प्रणाली अन्तरगत सेवा दिने

358
SwadeshPost

माडीमा रहेका सहकारी संस्थाहरुले लकडाउनको समयमा आलोपालो प्रणाली अन्तरगत सेवा दिने भएका छन् ।

एक सहकारी साताको एकदिन निश्चित समयका लागि खुला रहने व्यवस्था सहित आलोपालो मिलाई खुला गर्न लागिएको माडी नगरपालिकाका सहकारी संयोजक ईश्वरी प्रसाद ढकालले जानकारी दिनुभयो । अत्यावश्यकीय सेवा क्षेत्रमै पर्ने वित्तीय क्षेत्र अन्तरगत सहकारीहरुमा बहुसंख्यक माडीबासीहरुको बचत एवं ऋण कारोबार रहने गरेको छ । लकडाउन सुरु भएपश्चात सहकारी संस्थाहरु बन्द रहेकोमा अत्यावश्यक कामका लागि व्यक्तिगत भेटमार्फत सीमित बचत रकम फिर्ताको सेवा उपलब्ध गराउने गरेका थिए ।

त्यस्तै, माडीमा रहेका बैंकहरुले समेत आलोपालो एवं आफ्नो सहजता अनुसार आधारभूत सेवा सञ्चालन गरिरहेका छन् । लकडाउन सुरु भएसंगै सबैजसो बैंकका शाखाहरुको सेवा बन्द हुन पुगेपनि बैंकहरुले समयक्रममा आंशिक रुपमा सेवा सुचारु गरेका हुन् ।

SwadeshPost