लकडाउनका कारण माडी आइपुगेका यात्रीहरु उद्धार गरी क्वारेन्टाइनमा

230
SwadeshPost

लकडाउनका कारण घर फर्किरहेकाहरुको बिजोग भएको खबर सार्वजनिक भइरहँदा माडी नगर क्षेत्रमा आइपुगेका यात्रीहरुलाई भने माडी नगरपालिकाले उद्धार गरी क्वारेन्टाइनमा राखेको छ ।

तनहुँमा ज्याला मजदुरी गर्दै आइरहेका माडी-९, बाँदरझुला, भालुखोला लगायतका स्थानबासी १५ जनालाई नगरपालिकाले खानपिन र उचित बसाईको व्यवस्थासहित क्वारेन्टाइनमा राखेको हो । काम गरिरहेको स्थानमा अलपत्र परेकाले भोकभोकै पैदल हिँडेर भरतपुर हुँदै कसरास्थित सैनिक चेकपोष्टसम्म आइपुगेका उनीहरुलाई सुरक्षित तवरबाट उद्धार गरी माडी क्याम्पसस्थित क्वारेन्टाइनमा राखिएको हो । उनीहरुको स्वास्थ्य अवस्था ठीक रहेको जनाइएको छ ।

यसअघि, लकडाउनको समयमा घर फर्किंदै गरेका ११ जना भारतीय मजदुरहरुलाई पनि माडी नगरपालिकाको क्वारेन्टाइनमा राखिएको छ । तनहुँ डुम्रेमा निर्माण मजदुरका रुपमा काम गर्दै आएका सीमावर्ती भारतीय गाउँ जमुनिया निवासी ११ जनालाई गत आइतबार बिहानदेखि माडी क्याम्पसको भवनमा खडा गरिएको क्वारेन्टाइनमा राखिएको हो ।

SwadeshPost