भारतसंगै तेश्रो देशहरुमा प्रवासमा रहेका सम्पूर्ण माडीबासीहरुको तथ्यांक संकलन गरिने

426
SwadeshPost

भारतसंगै तेश्रो देशहरुमा प्रवासमा रहेका सम्पूर्ण माडीबासीहरुको तथ्यांक संकलन गरिने भएको छ । प्रवासमा रहेकाहरु स्वदेश फर्किएर माडी आउने अवस्था आएमा उनीहरुको व्यवस्थापनको योजना निर्माणका लागि बैदेशिक रोजगार तथा अध्ययनका क्रममा रहेका सबैको तथ्यांक संकलन गरिने भएको हो ।

कोरोना भाइरसको कारण कतिपय देशहरुले नेपालीहरुलाई फिर्ता पठाउने अवस्था आएमा माडीबाट विदेश गएकाहरु सबैलाई क्वारेन्टाइनमा राख्न हाल कायम रहेका माडी क्याम्पस र माडी मा.वि.को क्वारेन्टाइनलाई थप व्यवस्थित गरिने भएको छ । जारी लकडाउन खुकुलो भए स्वतःस्फूर्त रुपमै पनि बैदेशिक रोजगारीबाट रहेका कतिपय नगरबासी फर्कन सक्ने र यसबाट कोरोना संक्रमण जोखिम बढ्ने हुदाँ आवश्यक परे वडास्तरमा क्वारेन्टाइन सेन्टर बनाउने निर्णय भएको माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले जानकारी दिनुभयो ।

वडा कार्यालयहरुले वडास्तरमा सर्वपक्षीय छलफल गरी क्वारेन्टाइन स्थल तोक्न सक्ने जनाइएको छ । आउँदो ५ दिनभित्र हरेक वडा कार्यालयहरुले टोल सुधार समितिहरुको समन्वयमा प्रवासी माडीबासीहरुको तथ्यांक संकलनको जिम्मेवारी पाएका छन् ।

SwadeshPost