माडी जेसिज र बसन्तपुर युनाइटेड क्लबद्वारा संगिता महतोलाई उपचार सहयोग

157
SwadeshPost

भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचाररत माडी रतनी गाउँनिवासी संगिता महतोको उपचारका लागि माडी जेसिज र बसन्तपुर युनाइटेड क्लब माडीले आर्थिक सहयोग गरेका छन् ।

शरीरभित्र नशाहरुमा रगतको प्रवाह न्यून हुँदैजाने राेगबाट पीडित बर्ष २३ की संगिता महतोको उपचारमा सघाउन माडी जेसिजले १३ हजार रुपैंया र बसन्तपुर युनाइटेड क्लबले ५ हजार रुपैंया सहयोगस्वरुप प्रदान गरेका हुन् । जेसिजका उपाध्यक्ष सुमन न्यौपाने र क्लबका अध्यक्ष नबिन बस्यालले वडाध्यक्षहरु पुरन महतो र रामबन्धु पोखरेलको उपस्थितिबिच बिरामीका बुबा डिल्लीराम महतोलाई नगद हस्तान्तरण गर्नुभएको हो ।

माडी-३, नयाँ रतनी गाउँ निवासी बिपन्न परिवारकी महतोको हाल गम्भीर अवस्थामा मेडिकल कलेजमा उपचार भइरहेको छ । भरतपुर अस्पतालले भर्ना नलिएसंगै नीजि अस्पतालमा महंगोमा उपचार गराउनु परेको र हालसम्म दुइलाखभन्दा धेरै खर्च भइसकोको परिवारको भनाइ छ । गाउँमा सापटी गरेको र ऋण लिएको पैसा सकिएको भन्दै बिरामीको परिवारले उपचारमा यथासम्भव सहयोग गरिदिन सबैमा अनुरोध गरेको छ ।

Mahindra