माडी नगरपालिकामा जनस्वास्थ्य प्रमुख जीवन कुमार श्रेष्ठको बिदाई

255
SwadeshPost

लेखापाल पदमा नयाँ नियुक्ति लिई आउनुभएका विश्वज्योति कोइरालालाई सोही कार्यक्रमबाटै स्वागत

माडी नगरपालिकामा जनस्वास्थ्य प्रमुख जीवन कुमार श्रेष्ठको अनिवार्य अवकास भएसंगै एक औपचारिक कार्यक्रमबिच उहाँलाई बिदाई गरिएको छ । त्यसैगरी लेखापाल पदमा नयाँ नियुक्ति लिई आउनुभएका विश्वज्योति कोइरालालाई सोही कार्यक्रमबाटै स्वागत गरिएको छ ।

करीब ७ महिनाअघि, २०७६ असोज १ गते माडी नगरपालिकामा जनस्वास्थ्य अधिकृत, अधिकृत सातौं तहबाट सेवा सुरु गर्नुभएका जीवन कुमार श्रेष्ठले करीब ३६ बर्ष ५ महिना सरकारी सेवामा बिताउनुभयो । स्थायी घर भरतपुरमा रहेका उहाँ माडी आउनुअघि भरतपुर महानगरपालिकाको स्वास्थ्य संयोजकको जिम्मेवारीमा रहनुभएको थियो । श्रेष्ठको कार्यकालमा माडीको बघौंडा अस्पतालमा शल्यक्रिया सेवा सुरुवात, ब्लड प्वाइन्ट स्थापना, खोप अभियान र विभिन्न स्वास्थ्य संस्थाहरुको स्तरिकरण भएको छ । सेवाको अन्तिम दिनहरुमा उहाँ कोरोना भाइरसको संक्रमण नियन्त्रणको काममा निरन्तर खट्नुभएको थियो ।

त्यस्तै स्थानीय सेवा आयोगबाट सहायक पाँचौ तह लेखापालमा नयाँ नियुक्ति लिएर पहिलो हाजिरी हुन माडी आउनुभएका विश्वज्योति कोइराला चितवनकै गीतानगर निवासी हुनुहुन्छ । यसअघि माडी नगरपालिकाको लेखा अधिकृतको जिम्मेवारीमा रहनुभएकी करुणा रिसालको मकवानपुरस्थित भिमफेंदी गाउँपालिकामा सरुवा भएसंगै सो पदमा कोइरालाको पदस्थापन भएको हो ।

SwadeshPost