समकालीन राष्ट्रिय परिवेशमा युवाहरुको भूमिकाबारे नविन अधिकारी

592
SwadeshPost

प्रख्यात रुसी बिद्वान भिसिली क्लिउचेस्कीले भनेका छन्, ‘इतिहासले कसैलाई केही सिकाउदैन, तर इतिहासबाट नसिक्नेलाई कठोर दण्ड मात्र दिन्छ’ । यसै उद्गारको पृष्ठभूमि अनि समकालीन राष्ट्रिय परिवेशमा हामी युवाहरुको भूमिकाबारे केही चर्चा गर्न चाहन्छु ।

हामी युवाहरु यो राष्ट्रको ‘प्रचण्ड जग’ हौं पिल्लर हौं । अनि हामी कम्युनिष्ट नेता कार्यकर्ता हौं भन्न पाउँदा गर्वले छाती ठूलो बनाउछौं किनकी हामी अरु पार्टी सङ्गठन भन्दा कम्युनिष्ट पार्टीको सङ्गठानात्मक, सैद्धान्तिक बिचार, यसका एजेण्डा, पार्टी पद्धति र यसका कार्यान्वयनका पक्षहरु बिल्कुलै फरक महसुस गरेर यस पार्टीको बिचारलाई छातीमा किला गाडेर यहाँसम्म सहयात्रा गर्दै आएका छौं । हाम्रो लक्ष्य समाजबाद हुँदै साम्यबाद सम्मको यात्रा सगै गर्नु छ । तसर्थ जनताले हामीलाई विश्वास गर्नु भएको र पो हाम्रो पार्टीका प्रतिनिधीहरु अहिले सरकारमा हुनुहुन्छ । यस मानेमा हामी निसर्त गर्व गर्नै पर्छ हामी आफ्नो गन्तव्य तर्फ जाँदै छौं त्यसको कार्यान्वयनको पक्षमा लम्कदै छौं । तर हामी युवाहरु कमजोर भई सत्मार्गको बाटो अवलम्बन गर्न सकेनौं भने सम्झनुहोस् त हामीले कस्तो छत ढलान गरिरहेका छौँ ? र मनन गर्नुस् त हामी कहाँ पुग्नु पर्ने छ ? यो प्रश्न हामीतिरै तेर्सनेछ ।

आखिर सरकारले गर्ने के हो त ? सरकारले आफ्नो क्रियाकलाप, भुमिका के मा आधार रही कार्यान्वयनको बाटोमा तत्पर हुनुपर्ने हो त ? यस सन्दर्भमा हामी युवाहरु किन आँखामा पट्टी लगाएर बसेझै गर्दै छौं ? किन हामी युवाहरु सङ्गठन कै युवा कमरेडहरुबिच दोषारोपणको हिलो छ्याप्दै छाैं त ? हामी युवाहरु विभाजित भएर सत्मार्गमा अग्रसर नहुने हो भने, गुट उपगुटको पछि लाग्ने हो भने भोलि हामीलाई जनताले बिश्वास गर्नु पर्ने आधार के ? हामी यो बिषयमा कहिले सोच्ने ?

सरकारका सकारात्मक पक्षलाई हामी युवाहरु नै हातेमालो गर्दै व्यबहारमा कार्यान्वयन गर्न किन पछाडी हट्छौं ? के वर्तमान नेकपा नेतृत्वको सरकारबाट सकारात्मक पहलहरु केही नभएकै हुन त ? होइन राम्रा काम भएका छन, कोराना भाइरसले विश्व आक्रन्त बनेको छ, झन नेपाल त चोखिने ठाउँ नै हैन जबकी विश्व महामारीमा गुज्रिएको अबस्थामा, सरकारबाट भएका क्रियाकलापमा साथ सहयोग गरौँ तर नराम्रा काम गर्दा सकारात्मक आलोचना गर्न फेरि पनि किन डराएका छौं ? सरकारको सकारात्मक निर्देशनलाई उललङ्घन गर्दै हामी युवाहरु किन सडकमा रोइलो गर्दछौ ?

कमसेकम हामी युवाहरु समयलाई गलत ढंगबाट परिचालन नगरौं, सही सदुपयोग गरौं, आखिर के हाम्रो राजनितिक भविष्य गुलामी गरेर अगाडी बढ्नु पर्ने हो त ? किमार्थ होइन । हामीले आफ्नो समाजमा आफ्नो तबरले सकारात्मक छाप आजैबाट छोड्नु पर्छ, यसमा बिलम्ब नगरौं । अझै समय छ हामी आफ्नो जिम्मेवारी राम्रोसंग गहन गर्नु पर्छ । हामी बिचलित हुँदा हाम्रो उद्देश्य लक्ष्य कहिले सम्झने अनि आगामी चुनाबमा हाम्रो लक्ष्य अझै बाँकी छ भन्दै भोट माग्न कुन मुख लिएर जाने ? हे युवाहरु हो त्यति बेला ढिलो भैसकेको हुनेछ । हामीमै दुर्गन्धले शरीर ढाकी सकेको हुन्छ ।

कमसेकम हामी युवाहरु त सङ्गठनात्मक ढंगबाट निर्देशित हौं, गुटको पछि नदौडौं, गलत गर्दा नेतृत्वलाई घच्घच्याउन सक्ने साहश राखौं । जबकी हामी ट्रयाकबाट बिचलित भएछौ कि भनी नेतृत्वले सोच्ने ठाउँ पनि पाउन । विपक्षी पार्टीबाट होइन, आफैले सरकार र नेतृत्वलाई सही बाटोमा ल्याउने भूमिका निभाउन जरुरी छ । तसर्थ सम्पुर्ण युवा साथीहरुलाई बिगतमा भएका गल्ती कमजोरी सुर्धादै, बैमनस्यता भुल्दै, इतिहासबाट पाठ सिक्दै अगाडि बढौं भन्न चाहन्छु । अन्यथा, क्लिउचेस्कीले भनेझैं इतिहासबाट नसिक्नेलाई कठोर दण्ड मिल्ने निश्चित छ ।

#लेखकको नीजि विचार । उहाँ राष्ट्रिय युवा संघ चितवनका सदस्य हुनुहुन्छ ।

SwadeshPost