माडी १ मा राहत वितरण सुरु, सम्पन्न राहतग्राही भेटिए वडाबाट दिइने सुबिधा रोक्का

252
SwadeshPost

माडी नगरपालिका वडा नं. १ मा ढिलागरी राहत वितरण सुरु भएको छ । माडी नगरस्तरीय बिपद् राहत कोषले वडा कार्यालय र वडास्तरीय सर्बदलीय संयन्त्रको समन्वयमा वडाबासी बिपन्न परिवारहरुलाई चामल, दाल, नुन, तेल, साबुन लगायतका सामग्रीहरु वितरण थालेको हो ।

माडी १ का वडाध्यक्ष कृष्णप्रसाद पौडेलले सर्वदलिय संयन्त्र तथा वडाका जनप्रतिनिधीहरुको रहोबरमा राहत वितरण सुरु गरिएको जनाउनुभयो । ज्येष्ठ नागरिक, अपांग र अशक्त परिवारहरुलाई भने घरमै राहत सामग्री पु-याउने व्यवस्था गरिएको र वडास्तरीय सर्बदलीय संयन्त्रले अनुगमन गर्दा राहत पाएकाहरु मध्ये कोहि सम्पन्न परिवार भेटिए उनीहरुलाई वडा कार्यालयबाट जारी हुने सेवा सुबिधा रोक्का गरिने उहाँको भनाई छ ।

आइतबार भारतीय नागरिकहरुको ८वटा परिवारसंगै वडाभित्रका अम्माबास, पाण्डवनगर, द्रौपतिनगर, माथिल्लो बनकट्टा, सिकारीपुर, कल्याणपुर, बरुबा चितई टोल लगायतका गाउँबासीहरुलाई राहत बाँडिएको र सोमबार अमिलिया शिविर, तल्लो बनकट्टा, गर्दी, सेरुवा, चैनपुर, लक्ष्मुनियाँ लगायतका गाउँबासीहरुलाई राहत बाँडिने वडा कार्यालयले जनाएको छ । वडा नं. १ मै रहेको बाल्मीकि आश्रम क्षेत्रमा भने यसअघि नै राहत वितरण भइसकेको छ ।

SwadeshPost