सुनौली नाकामा आइपुगेका ५४ जना माडीबासीको उद्धार

265
SwadeshPost

भारतका विभिन्न शहरहरुबाट स्वदेश फर्किने क्रममा सुनौली नाकामा आइपुगेका ५४ जना माडीबासी नेपालीहरुको उद्धार गरिएको छ ।

पश्चिमी नेपालको कृष्णनगर र सुनौली नाकामा आएका माडीबासीहरुको उद्धारका निम्ति २ वटा मेट्रोबस लिएर माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकाल तथा वडाध्यक्षहरु रामबन्धु पोखरेल, ईश्वरी ढकाल र कृष्ण प्रसाद पौडेल एवं माडीका स्वास्थ्यकर्मीहरुको टोली सुनौली पुगेको थियो । सो टोलीले त्यहाँको प्रशासन कार्यालय र सुरक्षाकर्मीहरुको सहयोगमा ५४ जना माडीबासीहरुसंगै भरतपुर महानगरपालिका १९ र २२ निवासी ५ जनाको उद्धार गरेको हो ।

उद्धार गरिएकामध्ये ४४ जना नेपालीहरु लिएर एकवटा बस चितवनका लागि प्रस्थान गरेको छ भने बाँकी नेपालीहरु लिई अर्को बस कपिलबस्तुको कृष्णनगर नाकातर्फ प्रस्थान गरेको छ । जनप्रतिनिधी र स्वास्थ्यकर्मीहरुको टोली समेत कृष्णनगर नाकातर्फ नै प्रस्थान गरेको छ । प्रवासीबाट माडी आइपुगेकाहरुलाई बरुवास्थित सोमेश्वर माध्यमिक विद्यालयस्थित क्वारेन्टाइन सेन्टरमा राख्ने व्यवस्था गरिएको छ ।

SwadeshPost