सुनौली नाकामा मात्रै ४०० भन्दा धेरै प्रवासी उद्धारको पर्खाईमा

309
SwadeshPost

सुनौली नाकामा आइपुगेका प्रवासी माडीबासीहरुको उद्धार भएपनि चितवनकै करीब ४०० जना भने अझै उद्धारको पर्खाईमा सीमामै रोकिएका छन् ।

माडी नगरपालिकाले २ वटा मेट्रो बसहरुमार्फत सुनौली नाकामा रोकिएका ५४ जना माडीबासीहरुसंगै भरतपुर महानगरपालिका वडा नं. १९ र २२ का ५ जनाको उद्धार गरेको छ । त्यसैगरी शनिवार नै पूर्वी चितवनको रत्ननगर नगरपालिकाले समेत सुनौली नाकामा बस पठाई आफ्ना नागरिकहरुको उद्धार गरेको छ । तर अझैपनि ४०० भन्दा धेरैजना अझैपनि सीमापारी असुरक्षित अवस्थामा उद्धारको पर्खाइमा रहेका छन् ।

उनीहरुलाई चितवन ल्याउन जिल्ला प्रशासन कार्यालय चितवनले आवश्यक पहल गरिरहेको चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईको भनाई छ । सुनौलीका डि.एस.पी.मार्फत सीमामा रोकिएकाहरुको तथ्यांक संकलन भइरहेको र तथ्यांक आएलगत्तै चितवनका स्थानीय निकायहरुसंग समन्वय गरी सबैलाई चितवन ल्याइने प्र.जि.अ. भट्टराईले स्वदेश एफ.एम.लाई बताउनुभयो ।

SwadeshPost