कोभिड १९ जोखिम न्यूनिकरणका लागि गरिएका २६ बुँदे कामहरुको सुचि प्रकाशित

253
SwadeshPost

माडी नगरस्तरीय कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समन्वय समितिले कोभिड १९ संक्रमणको जोखिम न्यूनिकरणका लागि गरेका २६ बुँदे कामहरुको सुचि प्रकाशित गरेको छ ।

माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालको संयोजकत्वमा गठित सो समितिमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, जनस्वास्थ्य प्रमुख, सुरक्षा निकायहरु, ईलाका प्रशासन कार्यालय र उद्योग बाणिज्य संघ लगायतका निकायहरुको प्रतिनिधित्व रहेको छ । समितिले गरेका कामहरुको प्रकाशित सुचि यहाँ पुनर्प्रकाशित गरेका छौं ।
– सं.

१) फाल्गुण २४ गतेदेखि बगईमा हेल्थ डेस्कको स्थापना, संचालन तथा व्यवस्थापन

२) माडी क्याम्पसमा १०० बेडको अफिसियल क्वारेन्टाईन संचालन तथा व्यवस्थापन

३) हालसम्म होम क्वारेन्टाईनमा रहेकाहरु कुल १२९ जना मध्य १२२ जनाको अवधि पुरा र ७ जनाको अवधि बाँकी

४) हालसम्म अफिसियल क्वारेन्टाईनमा रहेकाहरु कुल १४० जना मध्य ३४ जनाको अवधि पुरा र १०६ जनाको अवधि बाँकी

५) बघौडा अस्पतालमा ५ बेडको आईसोलेसन वार्ड तयार

६) नगरस्तरिय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समिती गठन साथै हेल्थ RRT को गठन तथा परिचालन

७) होम क्वारेनटाईनमा रहेकाहरुको अभिलेखिकरण तथा नियमित स्वास्थ्य परिक्षण तथा कोभिड १९ को RDT Test Kit तथा rtPCR बाट परिक्षण

८) आजसम्म कुल १४६ जनाको RDT र १३ जनाको rtPCR परिक्षण भैसकेको र सबै रिपोर्ट नेगेटिभ भएको अवस्था

९) लकडाउनको पालना गर्न गराउन ईलाका प्रशासन, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी लगायत सरोकारवालासँग नियमित परामर्श, बैठक तथा छलफल

१० ) उद्योग वाणिज्य संघ, माडी सँग अति आवश्यक खाद्यान्न सामाग्री तथा दैनिक उपभोग्य सामाग्री उपलब्धता बारे नियमित छलफल तथा बजार अनुगमन

११) घरबाटै फोन गरेर घरै सामान आपुर्ती गर्ने गरि कल टु डेलिभरी सिस्टमको संचालन तथा व्यवस्थापन गर्न उद्योग वाणिज्य संघसँग अनुरोध तथा धेरै हदसम्म कार्यान्वयन

१२) अति विपन्न गर्भवती तथा सुत्केरी महिलाहरुको लागि अण्डा, क्याल्सियम, फोलिक एसिड, आईरन लगायत औषधी राहत स्वरुप हस्तान्तरण

१३) दिर्घरोगी, ज्येष्ठ नागरिकहरुको लागि घरमै औषधी उपलब्ध गराउने व्यवस्था

१४) अध्ययन तथा रोजगारीको शिलशिलामा भरतपुर र आसपासमा रहेका करिब १००० जना अलपत्र नगरवासीहरुको उद्दार तथा स्वास्थ्य परिक्षण

१५) विदेशमा रहेका नगरवासीहरुको अभिलेखिकरण तथा अवस्था पहिचान गर्ने कार्य जारी

१६) विदेशबाट आउने नगरवासीलाई लक्षित गरि १६१० क्षमताका कुल १२ वटा क्वारेन्टाईन केन्द्रहरुको स्थापना तथा व्यवस्थापन

१७) भारतमा अलपत्र नगरवासीलाई उद्दार गरि माडी ल्याउने क्वारेन्टाईनमा व्यवस्थित रुपमा राख्ने र स्वास्थ्य परिक्षण गर्ने कार्यको निरन्तरता

१८) सुनौली, कृष्णनगर तथा ठोरी नाकाबाट हालसम्म ९४ जनालाई भारतबाट सुरक्षित रुपमा उद्दार गरिसकिएको निरन्तर सम्पर्क गरि उद्दार कार्य प्रभावकारी रुपमा संचालन

१९) अति विपन्न श्रमिक मजदुरहरुको घरमा चुलो बल्ने स्थिती नभएकाले अभिलेखीकरण गरि एकद्वार प्रणाली मार्फत् राहत सामाग्री वितरण

२०) राहत वितरण कार्यबाट कुल २६५० परिवारका करिव ४५०० जना लाभान्वित

२१) बैशाख ४ गतेदेखि कसरामा हेल्थ डेस्कको स्थापना संचालन तथा व्यवस्थापन

२२) स्वास्थ्यकर्मीका लागि सुरक्षा कवच लगायत अति आवश्यक सामाग्रीको उपलब्धता

२३) स्वास्थ्य सेवा संचालन गर्नका लागि अति आवश्यक औषधी तथा औजार उपकरण खरिद तथा व्यवस्थापन

२४) स्थानीय संचार माध्यम, फ्लेक्स,ब्यानर, माईकिङ्ग, लगायतबाट कोभिड १९ सम्बन्धी पि एस् ए तथा लकडाउन सम्बन्धी जानकारी तथा प्रचार प्रसार

२५) सीमा सुरक्षामा कडाई तथा सघन गस्ती साथै तीनै तहका सुरक्षा निकाय, स्वास्थ्य कर्मी र स्थानीय तह सहितको संयुक्त अनुगमन

२६) बघौडा अस्पतालको नेतृत्व र समन्वयमा एम्बुलेन्स सेवा व्यवस्थित रुपमा संचालन

SwadeshPost