आइतबार, पुष २८, २०८१
आइतबार, पुष २८, २०८१

स्वदेशपोष्ट विशेष

माडी -५ का युवाहरु जुटे क्वारेन्टाइन सेन्टर व्यवस्थापनमा

  • A
  • A+
  • A++

माडी नगरपालिका वडा नं. ५ मा स्थापना हुन लागेको क्वारेन्टाइन सेन्टर व्यवस्थापनमा स्थानीय युवाहरु जुटेका छन् ।

विज्ञापन १

माडी नगरपालिकाले वडा नं. ५ मा क्वारेन्टाइन सेन्टरका लागि दिवाकर स्मृति विद्यालय रमाइलोडाँडाको ब्लक ए चयन गरेकोमा युवाहरुले त्यसको सरसफाई, कम्पाउण्डिङ र कोठा व्यवस्थापनको काम सम्पन्न गरेका हुन् । यस अन्तरगत माडीको ब्रह्मपुरीस्थित साहारा युवा क्लब र दराई समाज रमाइलोडाँडाले विद्यालय हातामा टिनको बार लगाई कम्पाउण्डिङ (घेराबार) गरेका छन् । त्यसैगरी दियो युवा क्लबले विद्यालय क्षेत्रभित्र सरसफाई गरी एकान्तबासका कक्षहरु व्यवस्थित गरेको छ ।

विज्ञापन २

माडी नगरपालिका ५ नं. वडा कार्यालयको समन्वयमा स्थानीय समुदाय र युवाहरु क्वारेन्टाइन व्यवस्थापनमा खटिएका हुन् । प्रवासबाट माडी फर्किनेहरुको संख्या बढ्दै जाँदा उनीहरुलाई राख्न वडास्तरमा १०० जना क्षमताको क्वारेन्टाइन निर्माण भइरहेको हो । देशका कतिपय क्षेत्रमा क्वारेन्टाइन सेन्टर बनाइएकोप्रति स्थानीयबासीले बिरोध गरिरहँदा माडी क्षेत्रमा भने सामुदायबाट राम्रो सहयोग र समन्वय भइरहेको देखिन्छ ।

विज्ञापन ३

तपाईको प्रतिक्रिया