सुनाैली नाकाबाट ३४ जना प्रवासी नेपालीहरुकाे उद्धार

259
SwadeshPost

पश्चिमी नेपालको सुनौली नाकाबाट माडीका ३० सहित ३४ जना प्रवासी नेपालीहरुलाई उद्धार गरिएको छ ।

सो नाकाबाट माडीका विभिन्न वडाका ३० जनासहित भरतपुर महानगरपालिकाका ३ र मध्यविन्दु नगरपालिकाका १ जनालाई उद्धार गरिएको वडाध्यक्ष कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो । यो समाचार पोष्ट गर्दा उनीहरु सबैलाई एक मेट्रो बसमार्फत चितवनतर्फ ल्याइँदै छ । भरतपुर र मध्यबिन्दुबासीलाई सम्बन्धित पालिकामा पु-याएपछि भरतपुरबाट ३ जना र जगतपुरबाट १ जना माडीबासीहरुलाई समेत सोही बसमार्फत माडी ल्याउने योजना रहेको छ । माडी आएका प्रवासीहरुलाई दिवाकर स्मृति विद्यालय रमाइलोडाँडास्थित क्वारेन्टाइन सेन्टरमा राख्ने तयारी गरिएको छ ।

यसैबिच, भारततर्फ स्वास्थ्य परीक्षणको लाइनमा बस्नुपरेका ११ जना अझै सीमा क्षेत्रमै रोकिनुपरेको छ । उनीहरुको उद्धारका लागि पुनः अर्को बसको व्यवस्था गरिने उद्धारमा सरिक अर्का वडाध्यक्ष रामबन्धु पोखरेलले जनाउनुभयो ।

SwadeshPost