बरुवास्थित सो.मा.वि क्वारेन्टाइन सेन्टरलाई शिक्षकहरुले आधा दिनको तलब प्रदान गर्ने

254
SwadeshPost

माडीको बरुवास्थित सोमेश्वर माध्यमिक विद्यालयमा सञ्चालित क्वारेन्टाइन सेन्टरको सहयोगार्थ सो विद्यालयका शिक्षकहरुले आधा दिनको तलब प्रदान गर्ने निर्णय गरेका छन् ।

माडीकै सर्बाधिक व्यक्तिहरु एकान्तबासमा राखिएको सो एकान्तबास केन्द्रको सहयोगार्थ सोमेश्वर माध्यमिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरुको आधा दिनको तलबस्वरुप रु १८ हजार बराबरको खाद्यान्न सहयोग गर्ने निर्णय गरिएको विद्यालयले जनाएको हो ।

यसैबिच प्रवासबाट फर्किएका ७० जनालाई क्वारेन्टाइनमा राखिएको सो केन्द्रलाई सघाउन स्थानीयबासी र स्थानीय संघसंस्थाहरुले सहयोग उपलब्ध गराउने क्रम जारी रहेको छ । बिहीबार बरुवाकी व्यवसायी माया चौधरीले लामखुट्टे रोक्ने झुल, चिरौलीका होटल व्यवसायी रमेश चौधरीले पानी र तरकारी र स्थानीयबासी बिष्णु सुवेदी तथा सुजन महतोले खाद्यान्न सहयोग प्रदान गर्नुभएको हो ।

SwadeshPost