नारायणगढ रोटरीद्वारा माडीमा विधुतिय तथा खाद्य सामग्रीहरु प्रदान

165
SwadeshPost

नारायणगढ रोटरी क्लबले माडी क्याम्पसमा ई-लाइब्रेरी सञ्चालन सहयोगार्थ आठवटा ब्रान्डेड कम्प्यूटर र एकथान प्रिन्टर प्रदान गरेको छ । एक संक्षिप्त कार्यक्रमबिच नारायणगढ रोटरीका अध्यक्ष सुसनलाल प्रधानले कम्प्युटर सेट क्याम्पस प्रमुख नेत्र गौतमलाई हस्तान्तरण गर्नुभएको हो ।

कम्प्युटर हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष प्रधानले नारायणगढ रोटरी क्लबद्वारा विगतमा माडी क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी र शौचालय निर्माणमा काम गरिएको र हाल माडीका विद्यार्थीहरूलाई पाठ्यक्रम बाहेकका बाह्य जानकारीहरू सहजै प्राप्त गर्न सहजताका लागि क्याम्पसमा ई-लाइब्रेरी सञ्चालन गरिएको जनाउनुभयो ।

यसैबिच, नारायणगढ रोटरीले कोरोना प्रभावितहरूका लागि माडी क्षेत्रमा स्थापित क्वारेन्टाइन सेन्टरहरुका लागि खाद्य सामग्रीहरु समेत प्रदान गरेको छ । सोमेश्वर मा.वि. क्वारान्टाइनमा रहेका ७० जना, माडी मा. वि. क्वारेन्टाइनका २ जना र माडी क्याम्पस क्वारान्टाइनमा रहेका १४ जनाको लागि क्लबले बीस बोरा चामल र २ बोरा आलु सहयोग स्वरुप प्रदान गरेको हो । त्यसैगरी क्लबका पूर्व अध्यक्ष राजेन्द्र ओलीबाट ३०० थान मास्क र पूर्व अध्यक्ष मनोज प्रधानले टाइम फर्मास्यूटिकलको तर्फबाट पाँच लिटर सेनिटाइजर सहयोगस्वरुप उपलब्ध गराउनुभएको छ ।

SwadeshPost