रुकुम पश्चिम हत्याकाण्डको बिरोधमा माडीका दलित युवाहरु आन्दोलित

254
SwadeshPost

रुकुम पश्चिममा अन्तरजातीय विवाह गर्न खोज्दा भएको हत्याकाण्डको बिरोधमा माडीका दलित युवाहरु आन्दोलित भएका छन् ।

दलित अधिकारकर्मी यमकुमार विश्वकर्माको संयोजकत्वमा संयुक्त दलित संघर्ष समिति गठन गरी माडीका दलित युवाहरु आन्दोलनमा उत्रिएका हुन् । समितिले आउँदो आइतबार शान्ति ¥याली आयोजना गरी ईलाका प्रशासन कार्यालय माडी र माडी नगरपालिकामार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापन पत्र बुझाउने निर्णय गरेको छ ।

समितिद्वारा जारी वक्तव्यमा घटनाको भत्र्सना गर्दै दोषिउपर कानुन बमोजिम हदैसम्मको कारवाही माग गरिएको छ भने घटनामा मृत्युवरण गर्नुभएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त समेत गरिएको छ । गत शनिवार जाजरकोटस्थित रानागाउँ निवासी नवराज बि.क. र रुकुम पश्चिमको चौरजहारी निवासी शुष्मा मल्ल ठकुरीबिचको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न जाँदा केटी पक्षको परिवार र वडाध्यक्ष डम्बर बहादुर मल्लसहित गाउँलेहरुले सांघातिक आक्रमण गर्दा २१ बर्षीय बि.क.सहित ५ जनाको ज्यान गएको थियो भने १ जना बेपत्ता रहेका छन् ।

SwadeshPost