हतियारसहित नेपाल छिरेका भारतीय सेनालाई ठोरीबासीले गरे प्रतिकार

152
SwadeshPost

पर्साको ठोरीमा नेपाली सीमाभित्रै निर्माण गरिएको ठुटे खोलाको पुल सञ्चालनमा अवरोध गर्न हतियार र बर्दीसहित नेपाल छिरेका भारतीय सेना र प्रहरीहरुलाई ठोरीबासीले प्रतिकार गरी फिर्ता पठाएका छन् ।

गत बुधबारदेखि सञ्चालनमा आएको पुलमा भोलिपल्टै साँझ भारतबाट हतियार सहित बर्दीमै नेपाली भूमिमा छिरेका भारतीय सुरक्षाकर्मीले अवरोध गरेका थिए । भारतीय सुरक्षा फौजकै बल मिच्याइँका कारण निर्माण सकिको २ वर्षसम्म सञ्चालनमा आउन नसकेको सो पुलमा भारतबाट डिएम, एस.एस.बी.का डिएसपी र बिहार प्रहरीका अधिकारी सहित आएका सुरक्षाकर्मी र भारतीयले पुरेर बनाइएको सडक भत्काउन थालेका थिए ।

पुल सञ्चालनका लागि कुलो पुरिएको सडक भारतीयले भत्काउन थालेको खबर पाएलगत्तै ठोरीका जनप्रतिनिधि र स्थानीयवासी पुगेर प्रतिवाद गरेपछि भारतीय सुरक्षाकर्मी र मजदुरहरु फर्किएको ठोरी गाउँपालिका वडा नं. २ का वडाध्यक्ष किशोर तमाङले जानकारी दिनुभयो । भारतीय सीमा अतिक्रमण बिरुद्ध सतत् प्रतिवाद गर्दै नेपाली सीमा रक्षा गर्दै आएका ठोरीबासीहरुले पुलमा अवरोध गरिए ठूलो दुर्घटना निम्त्याउने धम्की दिएपछि भारतीयहरु पछाडी हट्न बाध्य भएका हुन् ।

SwadeshPost