माडीबाट पि.सि.आर. परीक्षणका लागि भरतपुर पठाइएका दुबैजनाको कोरोना रिपोर्ट नेगेटिभ

385
SwadeshPost


माडीबाट पि.सि.आर. परीक्षणका लागि भरतपुर पठाइएका दुबैजनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।
माडी क्याम्पसस्थित क्वारेन्टाइनमा राखिएका एक सुरक्षाकर्मी र प्रवासबाट आएका एकजना गरी दुईको स्वाब संकलन गरी भरतपुरस्थित कोभिड–१९ परीक्षण प्रयोगशालामा परीक्षण गरिएकोमा दुबैको रिपोर्ट नेगेटिभ आएको हो ।
यसअघि कोरोनाको संक्रमण नियन्त्रणका लागि माडीमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र माडी क्याम्पसस्थित क्वारेन्टाइनमा राखिएकाहरुलाई आर.डि.टी. प्रविधीबाट जाँच गर्दा २६ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको थियो । त्यस क्रममा आर.डि.टी. पोजेटिभ देखिएका अन्य दुई जनाको स्वाब संकलन गरी बिहीबार दिउँसो परीक्षणका लागि भरतपुरस्थित कोरोना प्रयोगशालामा पठाइएकोमा नेगेटिभ रिपोर्ट आएको हो ।
भारत तथा कोरोना पुष्टी भएका स्वदेशकै विभिन्न स्थानहरुबाट माडी आउने र ल्याउने क्रम चलेसंगै माडीमा समेत कोरोना भाइरसको संक्रमण फैलने त्रास भने उच्च नै रहेको छ । यसबाट बच्न सबैले सचेतना र सावधानी अपनाउनुपर्नेमा स्वास्थ्यकर्मीहरुको जोड छ ।

SwadeshPost