आ.व ७७/७८ मा माडीलाई ४३ करोड ३१ लाख रुपैंया विनियोजित

528
SwadeshPost

अर्थ मन्त्रालयले आर्थिक बर्ष २०७७/७८ मा स्थानीय तहलाई दिने सरकारी वित्तीय हस्तान्तरण अन्तरगत माडी नगरपालिकालाई ४३ करोड ३१ लाख रुपैंया विनियोजन गरेको छ ।

माडीका लागि विनियोजित कुल बजेटमध्ये समानीकरण अनुदानमा रु. १२ करोड ७२ लाख, सशर्त अनुदानमा २६ करोड ७२ लाख, विशेष अनुदानमा १ करोड ५५ लाख र समपुरक अनुदानमा २ करोड ३२ लाख रहेको छ ।

चितवनमा भरतपुर महानगरपालिकालाई २ अर्ब १४ करोड ७४ लाख, कालीका नगरपालिकालाई ३७ करोड ३ लाख, खैरहनी नगरपालिकालाई ३६ करोड ७८ लाख, रत्ननगर नगरपालिकालाई ५१ करोड ६३ लाख, राप्ती नगरपालिकालाई ४५ करोड ९९ लाख र इच्छाकामना गाउँपालिकालाई ३१ करोड १ लाख रुपैंया बजेट विनियोजन भएको अर्थ मन्त्रालयले जनाएको हो ।

चितवनमा अर्थ मन्त्रालयका चारवटै अनुदान शीर्षकमा बजेट पाउने स्थानीय तहहरुमा भरतपुर महानगरपालिका र माडी नगरपालिकामात्रै रहेका छन् । संसदीय प्रक्रिया पुरा भएपश्चात आउँदो साउन १ देखि नयाँ बजेट कार्यान्वयनमा आउनेछ ।

SwadeshPost