रुकुम हत्याकाण्ड: माडीका ११ वटा संघसंगठनद्वारा प्रधानमन्त्री कार्यालयलाई ज्ञापनपत्र पेेश

217
SwadeshPost

रुकुम हत्याकाण्डको सत्यतथ्य छानबिन गरी दोषीहरुलाई कारवाही, पीडित परिवारलाई उचित क्षतिपुर्ती तथा मृतकहरुलाई साँस्कृतिक शहीद घोषणा गर्नुपर्ने माग गर्दै माडीका ११ वटा संघसंगठनहरुले प्रधानमन्त्री कार्यालयलाई ज्ञापनपत्र बुझाएका छन् ।

ज्ञापनपत्रमा घटनाको सत्यतथ्य छानबिनका लागि पीडित समुदायको समेत प्रतिनिधित्व हुने गरी उच्च स्तरीय निष्पक्ष न्यायीक छानबिन समिति गठन गर्नुपर्ने तथा दोषीहरुलाई जातिय विभेद तथा छुवाछुत, भेदभाव र कुटपिटको मुद्धा चलाई थप सजाय र जरिवाना गरिनुपर्ने माग गरिएको छ । त्यसैगरी राष्ट्रिय दलित आयोगका पदाधिकारी तत्काल नियुक्ति गर्नुपर्ने, दलित समुदायका परम्परागत शीपको संरक्षण हुनुपर्ने, अन्तरजातीय विवाहलाई उच्च प्रोत्साहन गर्नुपर्ने र सो घटनाबारे संसदमा गलत सुचना दिने सांसदलाई कारवाही गर्नुपर्ने पनि माग गरिएको छ ।

मुख्यतः दलित अधिकारका क्षेत्रमा क्रियाशील संघसंगठनहरुसंगै अन्य संस्थाका प्रतिनिधीहरुले बसन्तपुर बजारमा शान्तिपूर्ण -याली प्रदर्शन गरी माडीका नगरपालिकामार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई ध्यानाकर्षण सहितको ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझाउने संघसंस्थाहरुमा नेपाल उत्पीडीत जातीय मुक्ति समाज माडी, नेपाल दलित मुक्ति मोर्चा माडी, न्यायका लागि संयुक्त दलित संघर्ष समिति, नेपाल दलित संघ माडी, नगरस्तरीय दलित समिति माडी, नगरस्तरीय महिला समिति माडी, राष्ट्रिय दलित समाज कल्याण संघ चितवन, नेपाल सुनचाँदी व्यबसायी संघ माडी, राष्ट्रिय दलित पत्रकार संघ, सहारा युथ क्लब माडी, चितवन सक्रिय महिला प्रतिष्ठान, सिप नेपाल र न्यायका लागि सक्रिय महिला मञ्च माडी रहेका छन् ।

SwadeshPost