अन्तरजातीय विवाहलाई प्रोत्साहन दिने माडी नगरपालिकाे नीति

53
SwadeshPost

जातीय विभेद अन्त्यका लागि देशैभर आवाज उठिरहँदा चितवनस्थित माडी नगरपालिकाले अन्तरजातीय विवाहलाई प्रोत्साहनको नीति लिएको छ ।

रुकुम घटनाको सत्यतथ्य छानबिन गरी दोषीहरुलाई कारवाहीको मागसहित माडीका विभिन्न ११ संघसंस्थाहरुले नगरपालिकामार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापनपत्र बुझाउन पुगेको सन्दर्भमा माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले अन्तरजातीय विवाहलाई प्रोत्साहनको नीति रहेको जनाउनुभएको हो । नगर क्षेत्रमा अन्तरजातीय विवाह गर्नेलाई सम्मानस्वरुप एक लाख रुपैंया पुरस्कार दिइने उहाँले सार्वजनिक गर्नुभयो ।

रुकुम घटनाको सन्दर्भमा सरकारले छानबिन गरिरहेको भन्दै नगरप्रमुख ढकालले माडीका संघसंस्थाहरुले गरेको खबरदारीले छानबिन प्रक्रियालाई थप बल पुग्ने बताउनुभयो । हत्याकाण्डको घटनाप्रति माडी नगरपालिका र माडीका जनताहरु दुःखी रहेको ढकालको भनाई थियो । गत साता जाजरकोटका नवराज बि.क. र रुकुम चौरजहारीकी शुष्मा मल्ल ठकुरीबिचको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न जाँदा केटी पक्षको परिवार र वडाध्यक्षसहित गाउँलेहरुको सांघातिक कुटाईबाट बि.क.सहित ५ जनाको ज्यान गएको थियो भने १ जना बेपत्ता रहेका छन् ।

Mahindra