माडीका क्वारेन्टाइन सेन्टरहरुलाई स्थानीयकाे सहयाेग बढ्दाे

479
SwadeshPost

माडीको बसन्तपुरमा दोश्रो क्वारेन्टाइन सेन्टरका रुपमा सञ्चालनमा आएको माडी माध्यमिक विद्यालयस्थित एकान्तबासलाई स्थानीयबासीहरुले सहयोग प्रदान गर्न सुरु गरेका छन् ।

माडी मा.वि. क्वारेन्टाइनका लागि माडी-८, कान्तिपुरस्थित सामुहिक खेती र माडी-४, खैरहनीस्थित महेश्वरी कृषक समूहका तर्फबाट हरियो तरकारी तथा बसन्तपुर बजारका सामाजिक अगुवा एवं सुनचाँदी व्यवसायी कमल रामदामका तर्फबाट १० केजी मासु प्रदान गरिएको छ । शनिवार रातीबाट सञ्चालनमा आएको सो क्वारेन्टाइनको ब्लक ‘ए’ मा हाल २३ जनालाई राखिएको छ भने अब आउने टोलीलाई ब्लक बी मा राख्ने योजना रहेको छ ।

माडीका अन्य क्वारेन्टाइन सेन्टरहरुमा समेत स्थानीयबासी र विभिन्न संघसंस्थाहरुका तर्फबाट खाद्यान्न एवं अन्य अत्यावश्यकीय सामग्रीहरु सहयोगस्वरुप प्राप्त हुने क्रम जारी नै छ ।

SwadeshPost