माडी दिवानगरका चेपाङ परिवारहरुलाई स्थानीय युवाहरुद्वारा खाद्यान्न सहयोग

286
SwadeshPost

लकडाउनको समयमा कष्टकर जीवनयापन गर्नुपरिरहेका माडी-७, दिवानगरका चेपाङ परिवारहरुलाई स्थानीय युवाहरुले खाद्यान्न सहयोग गरेका छन् ।

माडी ७ निवासी युवाहरु युवराज घिमिरे, सुजन बानियाँ र निशान पौडेलले भरतपुरनिवासी प्रचण्ड न्यौपाने र रबि खरेलको सहयोगमा २० घरपरिवार चेपाङहरुलाई चामल, दाल, नुन, तेल, साबुन लगायतका खाद्यान्न सामग्रीहरु सहयोगस्वरुप प्रदान गर्नुभएको हो ।

कुसुमखोलाबाट बसाईं सरी दिवानगरस्थित रेवा त्रिवेणी धामछेउमा अस्थायी आवास निर्माण गरी बसोबास गरिरहेका चेपाङ परिवारहरु लकडाउनका कारण ज्याला मजदुरी गर्न नपाई समस्यामा रहेका छन् । सो अवस्था देखेकाले सहयोगी हातहरुको खोजी गरी बिपन्न चेपाङ परिवारहरुलाई अल्पकालीन राहत सहयोग प्रदान गरिएको घिमिरेको भनाई छ ।

SwadeshPost