माडीका क्वारेन्टाइन सेन्टरलाई सहयोग गर्ने क्रम जारी

97
SwadeshPost

माडीका क्वारेन्टाइन सेन्टरलाई स्थानीयबासी र विभिन्न संघसंस्थाहरु सहयोगको क्रम निरन्तर जारी रहेको छ । सोमबार बसन्तपुरस्थित माडी मा.वि. क्वारेन्टाइन सेन्टरमा बिहानको खाजा र खाना माडी सामुदायिक अस्पताल बसन्तपुरले व्यवस्था गरेको छ भने दिउँसोको खाजा र साँझको खानाखर्च बसन्तपुरका युवा पञ्चम महतोले गर्नुभयो ।

त्यसैगरी, माडी ५ स्थित दिवाकर स्मृति विद्यालय क्वरेन्टाइनमा रहेकाहरुलाई स्थानीयबासी ऋषि गिरी, घनश्याम लामिछाने, ऋषि बस्याल र राम प्रसाद भुसालले दुध, खाद्यान्न र तरकारी उपलब्ध गराई सहयोग गर्नुभयो । त्यसैगरी बहराइनमा रहनुभएका वडाबासी प्रकाश लामिछाने तथा बसन्तपुरबासी क्षेत्र प्रसाद देवकोटाले संयुक्त रुपमा अण्डा, साबुन र माक्स उपलब्ध गराउनुभएको वडाध्यक्ष रामबन्धु पोखरेलले जनाउनुभयो ।

SwadeshPost