टेकमाइण्ड्स नेटवर्कले गर्याे माडीका क्वारेन्टाइन सेन्टरहरुमा निःशुल्क इन्टरनेट सेवा जडान

302
SwadeshPost

माडीकै पहिलो ईन्टरनेट सेवा प्रदायक संस्था टेकमाइण्ड्स नेटवर्क (प्रा.) लि.ले माडीका क्वारेन्टाइन सेन्टरहरुमा निःशुल्क वाइफाई इन्टरनेट जडान गरेको छ ।

हाल सञ्चालनमा रहेका माडी १ बरुवास्थित सोमेश्वर मा.वि., माडी ५ स्थित दिवाकर स्मृति विद्यालय रमाइलोडाँडा र माडी ३ स्थित माडी माध्यमिक विद्यालय क्वारेन्टाइन सेन्टरमा उच्च गतिको इन्टरनेट सेवा जडान गरिएको टेकमाइन्ड्स नेटवर्क माडीका प्रमुख शुदर्सन चापागाईंले जनाउनुभयो ।

क्वारेन्टाइन सेन्टरहरुमा रहेकाहरुले इन्टरनेटमार्फत परिवार तथा साथीहरुसंग सम्पर्क गर्न, अन्य सुचना पाउन तथा फुर्सदको समय उपयोग गर्ने भएकाले एकान्तबासमा रहँदाको समयमा इन्टरनेट सेवा अत्यावश्यक बनिसकेको देखिन्छ । माडीका अन्य क्वारेन्टाइन सेन्टरहरुमा पनि अनुरोध बमोजिम निःशुल्क इन्टरनेट सेवा दिइने चापागाईंको भनाई छ ।

SwadeshPost