सामुदायिक भवनको निर्माण कार्यले गति लिंदै

87
SwadeshPost

‘समुदायका लागि समुदायबाटै’ भन्ने नारासहित माडीको ब्रह्मपुरीमा निर्माणाधीन सामुदायिक भवनको ढलान सम्पन्न भएको छ ।

मुख्यतः प्रवासमा रहेका युवाहरु र स्थानीयबासीहरुको आर्थिक र भौतिक सहयोगमा निर्माण हुँदै गरेको भवनमा स्टोर कक्ष र त्यसमाथि कार्यालय बनाउने योजना अनुरुप नयाँ भवन निर्माण थालिएको भवन निर्माण समितिका सचिव सुलभ बन्धु पोखरेलले जनाउनुभयो । दक्षिण ब्रहमपुरी टोल सुधार समिति तथा सगरमाथा कालिका टोल सुधार समितिको संयुक्त प्रयासमा निर्माण थालिएको सो सामुदायिक भवनका लागि स्थानीयबासी झलकराम बराल र शिव चापागाईंले भूमिदान गर्नु भएको थियो ।

भवन निर्माण कार्यमा हालसम्म करीब ३ लाख ५० हजार खर्च भइसकेको निर्माण समिति सचिव पोखरेलले बताउनुभयो । बाँकी निर्माणकार्यका लागि थप करीब ४ लाख रुपैंया लाग्ने स्टीमेट रहेको भन्दै उहाँले सहयोगका लागि सार्वजनिक आग्रह गरिएको पनि जनाउनुभयो ।

SwadeshPost