परुई खोला जग्गा विवाद: सर्वपक्षीय बैठक सहमतीको नजिक

45
SwadeshPost

माडी ७, देबेन्द्रपुरस्थित परुई खोला किनारस्थित ऐलानी जग्गा विवादको समाधानका लागि आज (बुधबार) बसेको बैठक सहमतीको नजिक पुगेको छ ।

माडी नगरपालिका वडा नं. ७ वडा कार्यालयले आह्वान गरेको बैठकमा सहभागी रहेका नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नगर एवं वडास्तरका नेताहरु सहमती नजिक पुगेको वडाध्यक्ष बालकृष्ण सापकोटाले जानकारी दिनुभयो । भोलि राष्ट्रिय प्रजातन्त्र पार्टी तथा सरोकारवाला पक्षहरुसमेत बैठक बसी सहमतीको वातावरण बनाइने वडाध्यक्ष सापकोटाले जनाउनुभयो । परुई किनारको जमीन विवाद सबैको सहमतीमै समाधान गर्न वडा कार्यालय लागिपरेको उहाँको भनाई थियो ।

यसअघि, कुसुमखोलाबाट विस्थापित भई परुई खोला किनारमा बसोबास गरिरहेका चेपाङ्ग परिवारले निर्माण सुरु गरेका घरको पिल्लरमा स्थानीयले क्षती पु¥याएका थिए । माडी नगरपालिकाको सहयोगमा चेपाङ परिवारले घर निर्माणका लागि सिमेन्टको खम्बा गाडेकोमा पिल्लरहरु ढालिएसंगै परुई विवाद भौतिक झडप उन्मुख हुन पुगेको थियो । (फाइल फोटो)

Mahindra