माडीको ब्रह्मपुरीमा शुक्रबार खुला रक्तदान कार्यक्रम आयाेजित

260
SwadeshPost

माडीको ब्रह्मपुरीस्थित सामुदायिक भवन निर्माण परिसरमा भोलि (शुक्रबार) खुला रक्तदान हुन लागेको छ ।

माडी-५, ब्रह्मपुरीमा साझेदारीपूर्वक सामाजिक कार्य अगाडि बढाइरहेका साहारा युवा क्लब र शिवालय मन्दिर तथा विश्वकर्मा भवन निर्माण समितिको आयोजना र व्यवस्थापनमा रक्तदान आयोजना भएको हो । रक्तदान कार्यक्रमलाई माडी नगरपालिका वडा नं. ५ कार्यालय र नेपाल रेडक्रस सोसाइटी बघौंडा उपशाखाको आयोजकीय सहकार्य रहेको छ ।

कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि देशव्यापी लकडाउन लागु रहँदा मेडिकल शहरका रुपमा चितवनमा रगतको अभाव देखिएको छ । सो अभाव घटाउन पूर्वनिर्धारित कार्यक्रम अनुसार शुक्रबार बिहान ९ बजेदेखि रक्तदान गर्न लागिएको साहारा युवा क्लबका अध्यक्ष सागर घतानेले जनाउनुभयो । सामाजिक दुरी कायम गरी सुरक्षाका उपायहरुको प्रयोग सहित आयोजित सो रक्तदान कार्यक्रममा सहभागिताका लागि सबैमा सार्वजनिक आह्वान गरिएको छ ।

SwadeshPost