कोरोना संक्रमणबिरुद्धको लडाईंमा सर्बत्र माडीकाे चर्चा

69
SwadeshPost

कोरोना संक्रमणबिरुद्धको लडाईंमा सर्बत्र चर्चा भइरहेको माडी नगरपालिकाभित्र हाल १८४ जना क्वारेन्टाइनमा रहेका छन् ।

माडी नगर क्षेत्रभित्र सोमेश्वर मा.वि. क्वारेन्टाइनमा ६ जना महिलासहित कुल ७० जना, माडी मा.वि. क्वारेन्टाइनमा ३० जना पुरुष, दिवाकर स्मृति विद्यालय रमाइलोडाँडा क्वारेन्टाइनमा ४९ जना पुरुष, आधारभूत विद्यालय गोबिन्दबस्तीमा २४ जना पुरुष र माडी क्याम्पस क्वारेन्टाइनमा ११ जना पुरुषहरुलाई क्वारेन्टाइनमा राखिएको छ । उनीहरुमध्ये अधिकांश भारतबाट स्वदेश फर्किएकाहरु हुन् जसलाई माडी नगरपालिकाले नै सहयोग र समन्वय गरि माडी ल्याएको हो ।

नगरपालिकाभित्र कुल १६१० जनालाई राख्न सक्नेगरी हरेक वडामा कम्तीमा एकसहित १२ स्थानमा क्वारेन्टाइन सेन्टर स्थापना भएको छ । त्यसमध्ये सोमेश्वर मा.वि. क्वारेन्टाइनमा सर्बाधिक ३०० जना राख्ने व्यवस्था रहेको छ भने बाँदरझुला आधारभूत विद्यालय र जगन्नाथपुरी आधारभूत विद्यालयमा सबैभन्दा कम अर्थात ५०÷५० जनालाई क्वारेन्टाइनमा राख्न सकिनेगरी तयार गरिएको छ । हरेक क्वारेन्टाइनलाई सम्बन्धित वडाध्यक्ष नेतृत्वको सात सदस्यीय समितिले व्यवस्थापन गरिरहेको छ भने वडास्तरीय स्वास्थ्य निकायमा कार्यरत स्वास्थ्यकर्मीले हेल्थ डेस्कको जिम्मेवारी उठाएका छन् ।

Mahindra