माडी नगर क्षेत्रभर १२ देखि ४ बजेसम्म बजार खुला रहने

142
SwadeshPost

माडी नगरस्तरीय कोरोना नियन्त्रण समन्वय समितिको बैठकले भोलि शनिवारदेखि दैनिक ४ घण्टा बजार खुला राख्ने निर्णय गरेको छ । बैठकले सैलुन, व्युटीपार्लर र होटलबाहेक अन्य सबैखालका पसल व्यवसायहरु मध्यान्ह १२ बजेदेखि दिउँसो ४ बजेसम्म खुला गर्ने निर्णय गरेको हो ।

बैठकले आलोपालो प्रणाली अन्तरगत सञ्चालनमा रहेका बैंक र वित्तिय संस्थाहरुलाई समेत हप्तैभरी नियमित सञ्चालित हुन अनुरोध गरेको छ । यसरी पसल व्यवसाय सञ्चालन गर्दा सामाजिक दुरी कायम गर्नुपर्ने, हात धुने व्यवस्था वा स्यानिटाइजरको प्रयोग गर्नुपर्ने, मास्क र ग्लोब्स लगाउनुपर्ने लगायतका सुरक्षाका उपायहरु भने अनिवार्य गरिएको छ । बजार खुला भएपनि मोटरसाइकल र अन्य सवारी साधनहरूको अनावश्यक प्रयोग भने बन्द नै रहनेछ ।

त्यसैगरी समितिको बैठकले माडीमा हाल सञ्चालनमा रहेका क्वारेन्टाइन सेन्टरहरुको आधारभूत मापदण्ड तोकेको छ । मापदण्ड अनुसार क्वारेन्टाइनमा रहेकाहरुलाई सातामा एकपटक मासु वा माछा, दैनिक २ छाक खाना र बिहान चियासंगै चना अण्डा उपलब्ध गराइनेछ । त्यसैगरी प्रत्येकलाई साबुन, झुल, म्याट, ब्रस, तुथपेष्ट लगायतका सामानहरु समेत उपलब्ध गराउने निर्णय भएको माडी नगरपालिकाका सुचना प्रविधी अधिकारी प्रवीण भण्डारीले जनाउनुभयो ।

SwadeshPost