चितवनमा दुई चिकित्सकसहित २० जनामा कोरोना संक्रमण÷ थप परीक्षण रिपाेर्ट आउन बाँकी

404
SwadeshPost

चितवनमा दुई चिकित्सकसहित २० जनामा कोरोना संक्रमण देखिएको छ । भरतपुरस्थित कोरोना परीक्षण प्रयोगशालामा गरिएका नमूना परीक्षणमा २० जनामा कोरोना संक्रमण देखिएको भरतपुर अस्पताल स्रोतले जानकारी दिएको छ ।

तीमध्ये १७ जना चितवनका हुन् भने तीन जना नवलपरासीका हुन् । कोरोना संक्रमितमध्ये दुई जना चिकित्सक पनि छन् । उनीहरु भरतपुरको एक निजी अस्पतालमा काम गर्ने चिकित्सक भएको जनाइएको छ ।

चितवनका संक्रमित मध्ये अधिकांश माडी नगरपालिका र भरतपुर महानगरपालिकाका छन् । आइतवार करीव ३ सय जनाको स्वाब परीक्षणका लागि पठाइएकोमा कतिपय स्वाबको परीक्षण बाँकी नै छ । (अनलाइन खबरबाट)

SwadeshPost