हावाहुरीका कारण पोल ढल्दा माडीका केहि स्थानमा बिद्युत अवरुद्ध

98
SwadeshPost

गएराती चलेको हावाहुरी र बर्षाका कारण पोल ढल्दा माडीका केहि स्थानहरुमा बिद्युतसेवा अवरुद्ध रहेको छ ।

माडी नगरपालिका ४, चम्फाबारमा पोल ढलेसंगै सो वरपरका क्षेत्रहरुमा बिद्युत अवरुद्ध रहेको हो । त्यसैगरी माडीका अन्य केहि क्षेत्रहरुमा पनि पोलमा आंशिक क्षती पुगेको छ । नेपाल विद्युत प्राधिकरणको लाइन मर्मत टोलीले ढलेको पोल उठाएपछि दिउँसो सम्ममा विद्युत सुचारु हुने जनाइएको छ ।

गएराती माडीको हरिनगरस्थित बर्षामापन केन्द्रमा नेपालकै सर्बाधिक ५९.२ मिलिमिटर बर्षामापन भएको थियो । बर्षाका कारण माडीका खोला र खहरेहरुमा पानीको सहत समेत बढेको छ ।

Mahindra