जन्मदिन मनाउने खर्च कोरोना बिपद् राहत कोषमा सहयाेग

270
SwadeshPost

माडीका एक किशोरले जन्मदिन मनाउने खर्च कटौती गरी नगरस्तरीय कोरोना बिपद् राहत कोषमा जम्मा गरेका छन् ।

माडी नगरपालिका वडा नं. ५, बेलुवा निवासी शीर्षक भुसालले जन्मदिनको अवसर पारी रु ५ हजार ५५५ कोरोना राहत कोषमा दाखिला गर्नुभएको हो । जन्मदिन मनाउने खर्चबाट कोरोनाबाट प्रभावित अन्य परिवारले अत्यावश्यकीय राहत पाउन सकून भन्ने छोराको चाहना अनुसार नै कोषमा रकम जम्मा गरिएको किशोरका पिता हरि भुसालको भनाई छ । यस कार्यलाई अरूले समेत अनुशरण गर्ने उहाँको अपेक्षा छ ।

कोषमा स्वेच्छिक रुपमा प्रदान गरिएको नगद तथा भौतिक सहयोगसंगै विभिन्न संघसंस्थाहरुबाट प्राप्त सामग्रीहरु संग्रहित छन् । सो कोषबाट माडी नगरपालिकाले तीन चरणसम्म अति बिपन्न परिवारहरुलाई राहत वितरण गरेको थियो ।

SwadeshPost