माडीका ६ जना काेराेना संक्रमितहरुको भरतपुरमा उपचार हुँदै

142
SwadeshPost

माडीको सोमेश्वर माध्यमिक विद्यालय क्वारेन्टाइनबाट कोरोना पुष्टी भएका ६ जना संक्रमितहरुको भरतपुरस्थित कोरोना विशेष (अस्थायी) अस्पतालमा उपचार भइरहेको छ ।

उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र अस्थायी अस्पतालमा बनाइएका आइसोलेशन बेडमा उपचार सुरु भएको माडीका जनस्वास्थ्य संयोजक शिव सुवेदीले जनाउनुभयो । सोमेश्वर मा.वि. क्वारेन्टाइनमा १ जना १४ बर्षिया किशोरीसहित २०, २४, २८, ४१ र ४६ वर्षका ५ जना पुरुषहरुमा कोरोना पोजेटिभ देखिएको थियो । कोरोना पोजेटिभ रिपोर्ट सार्वजनिक भएलगत्तै उनीहरुलाई सोमबार नै एम्बुलेन्समार्फत कोरोना अस्पताल लगिएको हो ।

यसैबिच, सोमेश्वर मा.वि. क्वारेन्टाइन व्यवस्थापन समितिले ६ जनामा पोजेटिभ रिपोर्ट आएसंगै थप जिम्मेवार र गम्भीर बनेको बताएको छ । संक्रमित सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै समितिले संक्रमणको तह समुदायमा नफैलिएकाले नआत्तिन आग्रह समेत गरेको छ । बाहिरबाट आउने सहयोगीहरुसंगै क्वारेन्टाइनमा खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरु कसैलाई पनि सुरक्षित क्षेत्रभन्दा भित्र जाने अनुमती नरहेको भन्दै समितिले क्वारेन्टाइनको भित्री व्यवस्थापन पनि सुरक्षित र राम्रो रहेको दावी गरेको छ ।

SwadeshPost