दिवाकर स्मृति वि. क्वारेन्टाइन सहितका ६४ जनाको स्वाब संकलित

293
SwadeshPost

माडीको दिवाकर स्मृति विद्यालय रमाइलोडाँडा क्वारेन्टाइनमा राखिएका ४७ जनासहित ६४ जनाको पि.सि.आर. परीक्षणका लागि स्वाब संकलन भएको छ ।

भारतबाट सुनौली नाकाहुँदै आएका ४७ जनासंगै माडीकाे सो क्वारेन्टाइनको सुरक्षामा खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरु गरी १० जनाको कोरोना परीक्षणका लागि स्वाब संकलन भएको हो । त्यसैगरी माडी क्याम्पस क्वारेन्टाइनमा रहेका २ जना, माडी नगरपालिका वडा नं. ५ का वडाध्यक्ष रामबन्धु पोखरेल, वडा नं. २ का वडाध्यक्ष ईश्वरी प्रसाद ढकाल र ३ जना सवारी चालकहरूसहित ६४ जनाकाे स्वाब संकलन गरिएको हो ।

माडी नगरपालिका जनस्वास्थ्य शाखाले भरतपुरस्थित कोभिड १९ परीक्षण प्रयोगशालाको सहयोगमा दिवाकर स्मृति विद्यालय रमाइलोडाँडाको ब्लक ए मा रहेको क्वारेन्टाइनमा स्वाब संलकन गरेको हो । यसको रिपोर्ट २ दिनभित्र सार्वजनिक हुने माडी नगर जनस्वास्थ्य शाखाले जनाएको छ ।

SwadeshPost