पूर्वी माडीको बाढी जोखिम क्षेत्रहरुमा रीउ नदी तटबन्धन कार्य जारी

407
SwadeshPost

पूर्वी माडीको बाढी जोखिम क्षेत्रहरुमा रीउ नदी नियन्त्रणको प्रयासस्वरुप तटबन्धन कार्य जारी रहेको छ ।

रीउ नदीको सिरान क्षेत्रमा नदी कटान र बाढीका कारण खेतीयोग्य जमीन र जनधनको निरन्तर क्षती भइरहेको सन्दर्भमा बहुबर्षीय कार्यक्रमका रुपमा रीउ नदीको तटबन्धन जारी रहेको हो । हाल नारायणी नदी ब्यवस्थापन आयोजना भरतपुरको करीब ७२ लाख रुपैंया लागत सहयोगमा नदी तटबन्धन जारी रहेको वडाध्यक्ष शिवहरि सुवेदी बताउनुहुन्छ । यस कार्यक्रम अन्तरगत पूर्वी माडीको बगहीँदेखि क्रमशः तटबन्धन हुँदै आएकोमा यसबर्ष थप १९२ मिटर तटबन्धनको योजना रहेको वडाध्यक्ष सुबेदीको भनाई छ ।

रीउ नदीले माथिल्लो तटीय क्षेत्रमा बगहीँ, कृष्णनगर, टम्टा, खरकट्टा लगायतका गाउँहरुमा क्षती गर्ने गरेको छ भने तल्लो तटीय क्षेत्रमा बनकट्टा, पाण्डवनगर, भैरवपुर, सेरुवा, अमिलिया, पौहारी, धोबाहा, रतनी, सिमरा, कल्याणपुर, हरिनगर र गोपालनगर लगायतका गाउँहरुमा जनधनको क्षती गर्दै आएको छ । तर तल्लो तटीय क्षेत्रहरुमा भने रीउको दीर्घकालीन नियन्त्रण कार्यक्रम थालनी हुन बाँकी नै रहेको छ ।

SwadeshPost