माडीमा थप ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

139
SwadeshPost

माडी नगरपालिकामा क्वारेन्टाइनमा रहेकामध्ये थप ८ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ ।

भरतपुर कोभिड-१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा शुक्रबार थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशाला स्रोतले जानकारी दिएको छ । आज पुष्टि भएका कोरोना भाइरस संक्रमितहरु सबै दिवाकर स्मृति विद्यालय रमाइलोडाँडा क्वारेन्टिनमा राखिएकाहरू हुन् । उनीहरू सबैजना भारत प्रवासबाट फर्किएका थिए ।

यसअघि माडीको सोमेश्वर मा.वि. क्वारेन्टाइनमा रहेकामध्ये ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

SwadeshPost