माडी २ र ५ का वडाध्यक्षद्वयको पि.सि.आर. रिपोर्ट नेगेटिभ

315
SwadeshPost

माडी नगरपालिका वडा नं. ५ र २ का वडाध्यक्षहरु क्रमशः रामबन्धु पोखरेल र ईश्वरी प्रसाद ढकालको पि.सि.आर. रिपोर्ट नेगेटिभ आएको छ । उहाँहरु दुबैजना क्वारेन्टाइनमा राखिएकाहरुलाई लिन गत ज्येष्ठ १० गते सुनौली र कृष्णनगर नाकासम्म पुग्नुभएको थियो ।

वडाध्यक्षद्वयसंगै कोरोना संक्रमण रोक्न अग्रपंक्तिमा खटिएका बघौंडा अस्पतालका मेडिकल अफिसर डा. शशि टण्डन, स्वास्थ्यकर्मीहरु गोबिन्द पौडेल, लोक बहादुर क्षेत्री र गोबिन्द नेपाल तथा दिवाकर स्मृति विद्यालय क्वारेन्टाइनको सुरक्षा र मेस सञ्चालनमा खटिएका सबैको रिपोर्ट समेत नेगेटिभ आएको छ ।

यसअघि दिवाकर स्मृति विद्यालय क्वारेन्टाइनमा रहेकाहरु र त्यसको व्यवस्थापनमा खटिएकासमेत गरी कुल ६४ जनाको पि.सि.आर. परीक्षण भएकोमा ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । पोजेटिभ रिपोर्ट आएका सबैजना भारत प्रवासबाट फर्किएर क्वारेन्टाइनमा राखिएकाहरु हुन् ।

SwadeshPost