माडी मा. वि क्वारेन्टाइन सहितका ७३ जनाको स्वाब संकलित

139
SwadeshPost

प्रवासबाट स्वदेश फर्किदा माडीको बसन्तपुरस्थित माडी माध्यमिक विद्यालय क्वारेन्टाइनमा राखिएका सहित ७३ जनाको पि.सि.आर. बिधीबाट कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।

यसरी स्वाब संकलन गरिएकाहरुमध्ये क्वारेन्टाइनमा रहेका ५४ जना र त्यहाँ खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा उनीहरुको सम्पर्कमा रहेका १९ जना रहेका छन् । माडी नगरपालिका जनस्वास्थ्य शाखाले भरतपुरस्थित कोभिड १९ परीक्षण प्रयोगशालाको सहयोगमा सो क्वारेन्टाइनमा स्वाब संलकन गरेको हो ।

माडी मा.वि. क्वारेन्टाइनमा दुईवटा समूह रहेकोमा पहिलो समूह जेष्ठ १८ गते राती तथा दोश्रो समूह जेष्ठ २३ गते रातीबाट त्यहाँ राखिएका हुन् । माडी नगरपालिकाले सुनौलीको स्थानीय प्रशासन र सुरक्षा निकायसंग फोनमार्फत समन्वय गरी उनीहरुलाई त्यहाँ ल्याएको हो । स्वाब परीक्षणको रिपोर्ट दुई दिनभित्र आइपुग्ने माडीका जनस्वास्थ्य संयोजक शिव सुवेदीले जानकारी दिनुभयो ।

SwadeshPost