रेडियो पाठशाला भाेलि असार १ गते देखि सञ्चालन हुने

161
SwadeshPost

माडी नगरपालिका शिक्षा शाखाको सहयोगमा भोलि असार १ गतेबाट कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरुका लागि रेडियो पाठशाला सञ्चालन हुन लागेको छ ।

यस कार्यक्रम अन्तरगत कक्षा १० र ६ का विद्यार्थीहरुलाई स्वदेश एफ.एम.मार्फत शिक्षण गरिनेछ । शनिवार बाहेक हरेक दिन बिहान १०:०५ बजेबाट कक्षा १० को अंग्रेजी तथा १०:३५ देखि कक्षा १० को सामाजिक र दिउँसो १२:१० देखि कक्षा १० को नेपाली बिषय अध्यापन हुनेछ । त्यसैगरी दिउँसो १२:३५ देखि कक्षा ६ को नेपाली, दिउँसो ३:१० देखि कक्षा ६ को अंग्रेजी र ३:३५ देखि कक्षा ६ को सामाजिक बिषयको अध्यापन हुनेछ । अन्य कक्षाहरुको रेडियो पाठशाला माडीका अन्य रेडियोहरुबाट सञ्चालन हुनेछ । प्रारम्भीक बाल कक्षादेखि तीन कक्षासम्मका विद्यार्थीहरुलाई भने घरकै अग्रज बुबा आमा दाजु दिदी आदिको सहजिकरणमा सिकाईका क्रियाकलाप गर्न नगर शिक्षा शाखाको अनुरोध छ ।

रेडियो पाठशाला सञ्चालन अन्तरगत कक्षा ४ को शिक्षणका लागि राष्ट्रिय आधारभूत विद्यालय रतनी धोबाहा, कक्षा ५ का लागि ब्रह्मज्योति आधारभूत विद्यालय ब्रह्मपुरी, कक्षा ६ का लागि जनजीवन माध्यमिक विद्यालय, कक्षा ७ का लागि दिवाकर स्मृति विद्यालय, कक्षा ८ का लागि सोमेश्वर माध्यमिक विद्यालय, कक्षा ९ का लागि जनकल्याण माध्यमिक विद्यालय र कक्षा १० का लागि माडी माध्यमिक विद्यालयले शिक्षक व्यवस्थापन गर्ने जिम्मेवारी पाएका छन् । कोरोना भाइरसको महामारी बढ्दै जाँदा नियमित पठनपाठन अवरुद्ध भइरहेसंगै माडी नगरपालिकाले बैंकल्पिक शिक्षण विधीका रुपमा रेडियो पाठशाला सञ्चालन गर्न लागेको हो ।

SwadeshPost