माडीको शिवद्वारमा २० बर्षीय युवकले गरे आत्महत्या

233
SwadeshPost

माडीको शिवद्वार गाउँमा एक २० बर्षीय युवकले झुण्डिएर देहत्याग गरेका छन् ।

माडी नगरपालिका वडा नं. ८, शिवद्वार निवासी सन्दीप महतोले घरछेउकै शिशौको रुखमा झुण्डिएर देहत्याग गरेका हुन् । राती करीब १० बजेसम्म घरमा परिवारसंगै रहेका उनी बिहानपख रुखमा झुण्डिएको अवस्थामा देखिएका थिए । घटनास्थलमा प्रहरी र जनप्रतिनिधीहरु पुगिसकेका छन् । स्व-अवसान भएको देखिएपनि घटनाको कारण र अन्य भित्री पाटोहरबारे अनुसन्धान सुरु भइसकेको माडी प्रहरीको भनाई छ । घटनाको थप अपडेट केही बेरमा प्रकाशित गर्नेछौं ।

SwadeshPost