छतबाट खस्दा माडीमा एक मजदुर गम्भीर घाइते

254
SwadeshPost

माडीको बरुवास्थित वीजबृद्धि केन्द्रको निर्माणाधीन छतबाट खस्दा एक मजदुर गम्भीर घाइते भएका छन् ।

माडी-१, बरुवास्थित किसान जागृति वीजबृद्धि केन्द्रको निर्माणाधीन दोश्रो तलाको छतबाट खस्दा माडी नगरपालिका वडा नं. २, जीवनपुर निवासी अन्दाजी ३८ बर्षका लोक प्रसाद महतो सख्त घाइते हुनुभएको हो । उहाँलाई बरुवास्थित नन्दु मेडिकल हलमा प्राथमिक उपचार गरी थप उपचारका लागि स्थानीय व्यवसासी सञ्जय महतोको निजी गाडीमार्फत भरतपुर लगिएको छ ।

घाइते महतोको भरतपुरस्थित पुरानो मेडिकल कलेजको आकस्मिक कक्षमा उपचार भइरहेको छ । उहाँको टाउको फुटेको, दाहिने पाखुरा भाँचिएको र टाउकोबाट अत्यधिक रक्तश्राव भएको अस्पताल श्रोतले जनाएको छ । वीजबृद्धि केन्द्रको छतबाट दुईजना मजदुरहरु खसेकोमा एकजना सामान्य घाइते भएका थिए । महतोको भने टाउकोमा गम्भीर चोट लागेकाले उहाँलाई भरतपुर पुयाइएको हो ।

SwadeshPost