माडीमा निजी श्राेतका शिक्षकहरूलेे लकडाउन अवधिकाे तलब सुविधा पाउन सकेनन्

381
SwadeshPost

माडीका कतिपय सामुदायिक विद्यालयहरुले नीजि श्रोतका शिक्षकहरुलाई लकडाउन अवधीको तलब भत्ता नदिने गरी हल्टमा राखेका छन् ।

विद्यालयहरुले आन्तरिक श्रोतबाट तलब सुबिधा दिनेगरी नियुक्ति गरेका शिक्षकहरुलाई हल्टमा राखिएको भनी फोनमार्फत जानकारी गराउँदै यस अवधीको तलब दिन नसकिने जनाएका हुन् । विद्यालयको आयश्रोत नहुँदा विद्यालय व्यवस्थापन समितिको निर्णयमार्फत यसप्रकारको व्यवस्था लागु गर्नुपरेको सम्बन्धित विद्यालयका प्रधानाध्यापकहरुको भनाई छ ।

उता, नीजि क्षेत्रबाट सञ्चालित माडीका कतिपय संस्थागत विद्यालयहरुले समेत लकडाउन अवधीको तलब सुबिधा दिन सकिरहेका छैनन् । लकडाउनका कारण भर्ना अभियान र दैनिक पठनपाठन प्रभावित भएको तथा शुल्क नउठेका कारण यस अवधीको तलब सुबिधा प्रदान गर्न नसकिएको विद्यालय सञ्चालकहरुको भनाई छ ।

SwadeshPost