माडीकाे खैरहनी मा. वि. क्वारेन्टाइनमा थप १० जनालाई राखिंदै÷ क्वारेन्टाइन भाेलि थप बढ्ने

112
SwadeshPost

माडीको खैरहनी माध्यमिक विद्यालय क्वारेन्टाइनमा थप १० जनालाई ल्याउन लागिएको छ ।

सो क्वारेन्टाइन सेन्टरमा असार १ गते २ जना राखिएकोमा आज मंगलबार १० जनालाई त्यहाँ ल्याइएको छ । त्यसैगरी थप १० जनालाई त्यहाँ ल्याउन एम्बुलेन्स पठाइएको माडी नगरपालिकाका सुचना प्रविधि अधिकृत प्रवीण भण्डारीले जनाउनुभयो । भोलि थप केहि व्यक्तिहरुलाई त्यस क्वारेन्टाइनमा ल्याइने नगरपालिका श्रोतले जनाएको छ ।

उता, माडीको कल्याणपुरस्थित जनकल्याण माध्यमिक विद्यालय क्वारेन्टाइनमा महिला ७ र पुरुष २२ गरी कुल २९ जना राखिएका छन् । उनीहरुको व्यवस्थापन र खानपिनका लागि वडाका विभिन्न सामाजिक संघसंस्था र व्यवसायीहरुले सहयोग गरिरहेको वडाध्यक्ष भरत बहादुर गुरुङले जानकारी दिनुभयो ।

SwadeshPost