नगरपालिकालाई अटेर गर्दै माडीका ट्याक्टर व्यवसायीहरू

464
SwadeshPost

माडी नगरपालिका कृषि शाखाले ट्रयाक्टर, रिपर, थ्रेसर आदिजस्ता कृषि सामग्रीहरुको प्रति घण्टाको भाडा शुल्कमा कटौती गरेको भएपनि किसानहरुले भने साविककै मुल्य तिर्नुपरेको छ ।

असारमास, धान खेतीको समय चलिरहँदा किसानको खेत जोत्ने काम गरेका ट्रयाक्टरहरुले नगरपालिकाद्वारा घटाइएको भाडामा काम गर्न नमानेको किसानहरुको गुनासो छ । आफूहरुले नगरपालिकाको अनुदानबाट ट्रयाक्टर नकिनेको भन्दै ट्रयाक्टर धनीहरुले घटेको भाडादरमा काम नगरी पहिलेकै भाडा तिर्न किसानहरुलाई बाध्य पारिरहेको गुनासो आइरहेको हो ।

नगरपालिकाको कृषि शाखाले भने ट्याक्टरमा हाइरो वा कल्टी गर्दा प्रतिमिनेट रु २३ तथा प्रतिघण्टा रु १ हजार ३ सय ८० कायम गरिदिएको थियो । त्यसैगरी रोटाभेटरको भाडा प्रति मिनेट रु २६ तथा प्रतिघण्टा रु १ हजार ५ सय ६० तोकिएको थियो भने रिपरको शुल्क प्रतिमिनेट रु २० र प्रतिघण्टा रु १ हजार २ सय निर्धारण गरिएको हो । त्यस्तै, थ्रेसरको प्रयोगमा प्रतिमिनेट रु २३ तथा प्रतिघण्टा रु १ हजार ३ सय ८० शुल्क तोकिएको थियो । तर माडीका कतिपय क्षेत्रमा घटेको मुल्य कार्यान्वयमा आउन नसक्दा किसानहरु हैरानी व्यहोर्न बाध्य भएका छन् ।

SwadeshPost