प्रवासी माडीबासीहरुको ‘रेस्क्यु एण्ड क्वारेन्टाइन अपरेशन’ निरन्तर जारी

124
SwadeshPost

माडीको बसन्तपुरस्थित माडी मा.वि. क्वारेन्टाइनमा १० जनाको नयाँ समूहलाई क्वारेन्टाइनमा राखिएको छ । गएसाँझ करीब ९ बजे माडी ल्याइएका उनीहरुालाई सो क्वारेन्टाइनमा राखिएको माडी नगरपालिकाका सुचना प्रविधि अधिकृत प्रवीण भण्डारीले जानकारी दिनुभयो ।

त्यसैगरी मलेसियाबाट नेपाल आइपुगेका ४ जना र भारतको दिल्लीबाट आएका १ जना गरी थप ५ जनालाई समेत सो क्वारेन्टाइनमा एकान्तबासमा राख्न लागिएको छ । भरतपुर आइपुगेको ५ जनाको सो समूहलाई माडी ल्याउन एम्बुलेन्स पठाइएको जनाइएको छ । माडी नगरपालिकाले क्वारेन्टाइनमा राखिएकाहरु सबैको पि.सि.आर. बिधीबाट कोरोना परीक्षण गर्दै आएको छ । प्रवासी माडीबासीहरुको ‘रेस्क्यु एण्ड क्वारेन्टाइन अपरेशन’ निरन्तर जारी रहने माडी नगरस्तरीय कोरोना नियन्त्रण समन्वय समितिको भनाई छ ।

SwadeshPost