माडीका क्वारेन्टाइन सेन्टरहरूलाई स्थानीयबासी र संघसंस्थाहरुको निरन्तर सहयोग

349
SwadeshPost

माडी क्षेत्रमा हाल सञ्चालनमा रहेका तीनवटै क्वारेन्टाइन सेन्टरहरूलाई स्थानीयबासी र संघसंस्थाहरुको सहयोग मिल्ने क्रम जारी छ ।

माडीको कल्याणपुरस्थित जनकल्याण माध्यमिक विद्यालय क्वारेन्टाइन सेन्टरलाई रेवा मध्यवर्ती उपभोक्ता समिति र कल्याणपुर मध्यवर्ती सामुदायिक बन उपभोक्ता समूहले संयुक्त रुपमा २० किलो माछा प्रदान गरेका छन् । त्यसैगरी माडी ६ लक्ष्मीनिवास निवासी किसान आचार्यले नगद रु ३००० प्रदान गर्नुभएको छ ।

उता, माडीको खैरहनी गाउँस्थित खैरहनी माध्यमिक बिद्यालय क्वारेन्टाइन सेन्टरमा राखिएका सबैका निम्ति स्थानीय युवा हरि प्रसाद न्यौपानेले मासु सहितको खाना उपलब्ध गराउनुभएको छ । त्यसैगरी शिक्षक नारायण प्रसाद पाण्डेले १५ के.जी. हरियो तरकारी प्रदान गर्नुभएको क्वारेन्टाइन व्यवस्थापनले जनाएको छ । माडी मा.वि. क्वारेन्टाइनलाई समेत स्थानीयबासीहरुको राम्रो सहयोग छ ।

SwadeshPost