विजुलीको चुहावट रोक्न चनौली वितरण केन्द्रकाे छड्के चेकजाँच

42
SwadeshPost

नेपाल विध्युत प्राधिकरणको चनौली वितरण केन्द्रले विजुलीको चुहावट रोक्न छड्के चेकजाँचलाई तीब्रता दिएको छ ।

पश्चिमी चितवन र माडी नगर क्षेत्रमा बिजुली वितरण गर्दै आएको सो वितरण केन्द्रले जारी साता चुहावट नियन्त्रणका लागि छड्के चेकजाँच कार्य तीब्र पारेको वितरण केन्द्र प्रमुख शिशिर लम्सालले जनाउनुभयो । छड्के चेकजाँचका क्रममा आज शनिवार चुहावट गरिरहेको अवस्थामा एकथान सिंचाई मोटर जफत गरिएको केन्द्रले जनाएको छ । यसअघि, शुक्रबार पश्चिमी चितवनका केहि घरहरुमा हुक गरी बिजुली तानिएको भेटिएकाले कारवाही गरिएको जनाइएको छ । बिहीबार पनि केन्द्रको छड्के टोलीले ६ ठाउँबाट विध्युत चुहावट भएको भेटेर आवश्यक कारवाही गरेको थियो ।

नेपाल विध्युत प्राधिकरणले गैरप्राविधिक चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण गर्ने, महशुल बक्यौता असुलीमा कडाइ गर्ने, मिटर वाइपास तथा हुकिङ गरी चोरी गर्नेलाई कडा कारबाही गर्ने, बन्द मिटर फेर्ने, मिटर लिन प्रोत्साहित गर्ने लागयतका काम अभियानकै रूपमा चलाइरहेको छ ।

Mahindra