माडी गोपालनगरका युवाहरुद्वारा गाउँभर सडक बत्ती जडान

246
SwadeshPost

रातको समयमा सडकको अँध्यारो हटाउने प्रयासमा माडी गोपालनगरका युवाहरुले गाउँभर सडक बत्ती जडान गरेका छन् ।

माडी न.पा.-७, गोपालनगर र गौरीनगर टोलबासीहरुको निर्णयबाट टोल सुधार समितिको बजेटमार्फत युवाहरुले गाउँको मुख्य सडकमा रहेका हरेक पोलहरुमा सडक बत्ती जडान भएको हो । रातको समयमा निकुञ्जबाट निक्लिने जंगली जनावरहरुबा बच्न तथा बिहान साँझ बाटोमा हिँड्ने सबैको सहजताका लागि युवाहरुले सडक बत्ती जडानमा श्रमदान गरेको स्थानीय युवा युवराज घिमिरेले जानकारी दिनुभयो ।

SwadeshPost