मुख्यमन्त्री डोरमणी पौडेलकाे धान दिवस माडीका किसानहरुसंगै

198
SwadeshPost

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले असार १५ गतेको धान दिवस माडीका किसानहरुसंगै मनाउनुहुने भएको छ । माडीको कान्तिपुर गाउँमा सञ्चालित चक्लाबन्दीमा आधारित सामुहिक खेतीमा धान रोपाईंका लागि मुख्यमन्त्री पौडेल माडी आउनुहुने भएको हो ।

मुख्यमन्त्रीसंगै प्रदेशका भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा तथा प्रदेश सरकारका उच्च पदस्थ अधिकारीहरु, चितवनका प्रमुख जिल्ला अधिकारी तथा भरतपुरस्थित कृषि ज्ञान केन्द्रका अधिकारीहरु र माडीका नगर प्रमुख, उपप्रमुख एवं वडाध्यक्षहरुले संयुक्त रुपमा माडीमा असार १५ मनाउने कार्यक्रम बनेको हो ।

माडी नगरपालिका – ८ कान्तिपुरमा सुर्योदय कृषि सहकारी संस्थाद्वारा करीब एक सय बिघा क्षेत्रफल जमीनमा सामुहिक खेती चलिरहेको छ । जमिनलाई चक्लाबन्दी गरी आवश्यक सिंचाई, मल तथा बीउ व्यवस्थापन र आवश्यक कृषि साधनहरुको अनुदानमा वागमती प्रदेश सरकारले आर्थिक सहयोग गरिरहेको छ । केहि दिनभित्रै प्रदेश सरकार अन्तरगतको कृषि ज्ञान केन्द्रले सो सहकारीलाई धान रोप्ने र आलु खन्ने मेसिन अनुदान सहयोगमा उपलब्ध गराउन लागेको छ ।

SwadeshPost