माडी नगरपालिकाको पाँचौं नगरसभा सुरु

170
SwadeshPost

‘सम्पदा सम्पन्न माडी नगर; इको, कृषि पर्यटनको शहर’ भन्ने नारासहित माडी नगरपालिकाको पाँचौं नगरसभा सुरु भएको छ ।

मडी नगरपालिकाका नगरप्रमुखको अध्यक्षतामा बसन्तपुरस्थित मनकामना पार्टी प्यालेसमा सञ्चालन सुरु भएको सो नगरसभाको पहिलो बैठकमा माडीका सबै जनप्रतिनिधीहरु, नगरपालिकाका कर्मचारीहरु र सञ्चारकर्मीहरुको सहभागिता रहेको हो । बैठकमा, दलित र गैरदलित समुदायबिच बैवाहिक सम्बन्ध कायम रहेका माडी ८ कान्तिपुरका शिवजी गायक र सुचिता घिमिरे दम्पत्ती सम्मानार्थ प्रमुख अतिथि रहनुभएको छ ।

नगर सभामा माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले आगामी आर्थिक वर्ष २०७७/७८ को प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । त्यसैगरी नगर उपप्रमुख तारा कुमारी काजी महतोले आगामी आ.व.को बजेट तथा कार्यक्रम पेश गर्नुभएको छ । यसबाहेक विनियोजन विधेयक, बार्षिक नगर विकास योजना सम्बन्धी बिधेयक, लेखा समिति र न्यायीक समितिको प्रतिवेदन आदिमा समेत छलफल हुने कार्यतालिका छ । नगरसभालाई स्वदेश एफ.एम.ले प्रत्यक्ष प्रशारण गरेको छ ।

SwadeshPost